काठमाडौँ – भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्याण्डबाट १८५ रनको चुनौती पाएको छ ।
आइतबार भारतको मुम्बईस्थित वांखेडे स्टेडियममा टस हारेर जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन बनाएको हो । इंग्ल्याण्डका लागि विशाल योगफल तयार पार्ने क्रममा जेकोब बेथले सर्वाधिक ५५ रन बनाए । त्यसक्रममा उनले ३५ बलमा समान ४–४ चौका र छक्का प्रहार गरे ।
यस्तै कप्तान ह्यारी ब्रुकले सर्वाधिक ३२ बलमा ५२ रन बनाउँदा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै यस्तै जोस बट्लर २६, साम करन र टोम बेन्टन समान २–२ २ रन तथा फिल साल्टलाई १ रनमा पेवेलियन फर्किए ।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए । त्यसक्रममा दीपेन्द्रले ३ ओभरमा २३ रन र नन्दनले ३ ओभरमा २५ रन खर्चिए । सन्दीप लामिछाने र शेर मल्लका नाममा समान १–१ विकेट रह्यो । सन्दीपले ४ ओभरमा २५ रन खर्चिए ।
नेपालले जवाफी ब्याटिङ गर्दैछ ।



























































