काठमाडौँ – नेपाललाई कृषि प्रदान देश भनिन्छ, तर हामी कृषिमा अझैँ पनि आत्मनिर्भर बन्न सकेका छैनौँ । ठूलो सम्भावना हुँदाहुँदै पनि अधिकांश कृषिजन्य वस्तु आयात गर्नुपर्ने बाध्यता छ । कृषिको आधुनिकीकरण नहुनु, लगानी अभाव हुनु लगायतका समस्याका कारण आज कृषिमार्फत देशको समुन्नतिमा योगदान गर्ने लक्ष्य बोकेका कृषक समस्यामा पर्ने गरेका छन् ।


ADVERTISEMENT


यिनै समस्यालाई मध्यनजर गर्दै नबिल बैँकले ‘नबिल व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना ल्याएको छ । बैँकले व्यवसायिक कृषिलाई बढावा दिने, व्यवसायिक तथा स्वरोजगारमूलक कृषि तथा पशुपालन व्यवसायमार्फत किसानलाई आर्थिक समुन्नतिको बाटोमा डोर्याउने उद्देश्यले यो योजना ल्याएको हो ।


ADVERTISEMENT

# # #


कसलाई दिइन्छ कर्जा ?

व्यावसायिक कृषि तथा पशुपालन सुरु गर्ने वा विस्तार गर्ने सोचमा भएका तर लगानीको अभावमा रोकिएका कृषक तथा व्यवसायीलाई यसले कर्जा प्रदान गर्नेछ । जुन आकर्षक ब्याजदरमा ग्राहकले सहजै निकाल्न पाउनेछन् । यस्तै शीतभण्डार खोल्ने, कृषि औजार सम्बन्धी व्यवसाय सञ्चालन गर्ने, बिउबिजन तथा अन्य कृषि तथा पशुपालनसँग जोडिएका व्यवसाय गर्न समेत यो कर्जा पाइनेछ ।

जोसँग कृषि तथा पशुपंक्षी व्यवसाय गर्ने इच्छाशक्ति छ, जोसँग कामको दक्षता छ र जसलाई पूँजीको अभाव छ, उसले यो कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

कर्जा प्राप्तीका प्रक्रिया

कर्जा प्राप्त गर्न चाहने व्यक्तिले आफूले गर्न चाहेको कृषि तथा पशुपालन व्यवसायको बारेमा प्रस्ताव पेश गर्नुपर्ने छ । जसमा व्यवसायका लागि आवश्यक जग्गा, व्यवसाय गर्ने तरिका, आवश्यक पर्ने पूँजी, बजारको अवस्था, उत्पादन त्यसबाट प्राप्त हुने नाफा लगायतका जानकारी समेटिएको योजना प्रस्ताव पेश गर्नुपर्ने छ ।

प्राप्त कर्जाको अध्ययनपश्चात बैँकले उचित ठहर्याएमा कर्जा प्रदानको प्रक्रिया सुरु हुन्छ । कर्जा पाउने वा नपाउने भन्ने अवस्था प्रस्तावको वैज्ञानिकताका आधारमा निर्धारण हुन्छ । उक्त व्यवसायमा रहेको प्रतिस्पर्धा, सम्भावना, अवसर र चुनौती तथा लगानी प्रतिफलको विश्वलेषण गरी बैँकले कर्जा प्रदान गर्छ ।

कर्जाको सीमा १० करोडसम्म

बैँकले स्वरोजगारमूलक कृषि तथा पशुपंक्षी उद्यमदेखि ठूलो स्तरका व्यवसायिक फार्मका लागि पनि कर्जा प्रदान गर्छ । सामान्यतः ५० हजार रुपैयाँदेखि १० करोडसम्मको कर्जा पाइन्छ ।

ग्रामीण क्षेत्रमा आय आर्जनको उद्देश्यका लागि उद्यमको अवस्था हेरी २५ हजारसम्मको पनि कर्जा प्रदान गर्न सकिने बैँकको भनाई छ । यस्तो कर्जा बिउबिजन, कृषि औजार लगायतको व्यवसायका लागि प्रदान गर्ने गरिन्छ ।

यद्दपि कर्जाको सीमा भने व्यवसायको प्रकार, अवस्था, सम्भावना आदिको आँकलनपछि टुंगो लाग्ने बैँकको भनाई छ । वर्किङ क्यापिटलमा व्यसायको खुद चालु सम्पत्ति (नेट करेन्ट एसेट) को ८० प्रतिशतसम्म मात्र कर्जा निकाल्न मिल्ने बैँकले जनाइएको छ ।

‘टर्म लोन’का लागि भने स्थिर सम्पत्तिको मूल्यको आधारमा कर्जा प्रदान गरिने छ । यद्दपि यी कर्जाका सीमाहरु बैंकको ‘कर्जा नीति निर्देशिका’ अनुसार निर्धारण हुन्छन्।

वर्किङ क्यापिटल कर्जाको हकमा नेपाल राष्ट्र बैंकको ‘चालु पूँजी कर्जा मार्गदर्शन’ लागू हुनेछ। त्यो भनेको व्यवसायको वार्षिक कारोबारको आधारमा ऋणको सीमा निर्धारण गर्ने भन्ने हो ।

कर्जा प्राप्त गर्न लाग्ने समय

कर्जा प्राप्तीको समय कति लाग्ने भन्ने कुरा ग्राहकमै निर्भर हुन्छ । ग्राहकले जति चाँडो र आवश्यक मापदण्ड पूरा गर्यो, त्यति नै चाँडो कर्जा प्राप्त गर्न सकिन्छ ।

यद्दपि बैँकले २० लाख रुपैयाँसम्मको कर्जालाई सानो आकारको कर्जा र २० लाख माथिको कर्जालाई ठूलो कर्जाका रुपमा वर्गीकरण गरेको छ । २० लाख सम्मको कर्जाका लागि आवश्यक सबै कागजात बुझाएर मापदण्ड पुगेमा ४ दिनमा कर्जा प्राप्त गर्न सकिन्छ ।

ठूलो कर्जा हो भने मापदण्ड अनुसार आवश्यक सबै कागजात बुझाएको ७ दिनभित्र कर्जा प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।

कर्जा निकाल्न लाग्ने अन्य शुल्क

बैँकले कर्जा प्रवाहका क्रममा लाग्ने केही अतिरिक्त शुल्क भने लाग्नेछ । ‘कर्जा सूचना केन्द्र (सीआईसी) शुल्क’ र एसटीआर (अन्य प्रशासनिक शुल्क) यसमा समावेश हुनेछन् ।

व्यवसायको बीमा गराउन चाहेमा भने ग्राहकले छुट्टै तिर्नुपर्छ ।

आकर्षक ब्याजदर

बैँकले प्रदान गर्ने यो कर्जामा कृषकको व्यवसायिक उत्थान हुने गरी आकर्षक ब्याजदर राखिएको छ ।

कर्जाको ब्याजदर न्यूनतम बेस रेट प्लस १ (आधार दरमा थप १ प्रतिशत) रहेको छ भने बेस रेट प्लस २ (आधार दरमा थप २ प्रतिशत) रहेको छ । हाल नबिल बैँकको कर्जाको आधार दर ५.०४ प्रतिशत रहेको छ ।

यसरी कर्जामा न्यूनतम ६.०४ प्रतिशतदेखि अधिकतम ७.०४ प्रतिशत हुन आउँछ ।  जुन आजको दिनमा सबै भन्दा सस्तो ब्याजदर हो ।

कर्जा भुक्तानीको समयावधि

बैँकले प्रदान गर्ने व्यवसायिक कृषि तथा पशुपालन कर्जा योजनाको कर्जा भुक्तानीको अवधिमा बैँक लचक देखिएको छ । ग्राहकहरुले कर्जाको मात्रा र व्यवसायको नगद प्रवाहका आधारमा कर्जा भुक्तान गर्न सक्नेछन् ।

जुन मासिक, त्रैमासिक, अर्धवार्षिक प्रकृतिको हुन्छ ।

कृषि तथा पशुपालन क्षेत्रमा केही गर्छु भन्ने इच्छाशक्ति छ त्यस क्षेत्रमा प्राविधिक ज्ञान र दक्षता छ तर, पूँजीको अभावमा रोकिनु भएको छ भने नबिल बैँकले तपाईंको सपना साकार पार्ने गरी यो कर्जा ल्याएको हो ।

बैँकले विशेष गरी विदेशमा कृषि क्षेत्रमा राम्रो ज्ञान हासिल गरेर स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरी यो कर्जा योजना ल्याएको जनाएको छ ।

मुख्य विशेषता

– कृषि तथा पशुपालन व्यवसाय गर्नेका लागि
– प्रस्तावनासहित सहजै (४ देखि ७ दिनभित्रै) प्राप्त गर्न सकिने
– ५० हजारदेखि १० करोडसम्मको कर्जा पाइने
– ‘नेट करेन्ट एसेट’को ८० प्रतिशतसम्म कर्जा निकाल्न मिल्ने
– कर्जाको ब्याजदर बेस रेटमा अधिकतम २ बढी प्रतिशतसम्म
– मासिक, त्रैमासिक, अर्धवार्षिक रुपमा भुक्तानी गर्न सकिने ।