काठमाडौं – गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६’ मा ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाडौंस्थित होटल र्याडिसनमा आयोजित समारोहमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका छन्।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ।
अवार्ड प्राप्त गरेपछि बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै निरन्तर साथ, सहयोग र विश्वासका लागि धन्यवाद जनाएको छ।
यसअघि पनि गरिमा विकास बैंकले मे २०२६ मा आयोजित ‘न्यु बिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड’ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्ड प्राप्त गरेको थियो। क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ र क्ष्क्इ द्दठण्ण्ज्ञस्द्दण्द्दद्द प्रमाणित बैंकले गुणस्तरीय सेवा र संस्थागत सुशासनका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ।
हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तारलाई प्राथमिकतामा राखेर आफ्नो सेवा सञ्जाल विस्तार गरिरहेको जनाएको छ।



























































