काठमाडौँ– एमालेमा तत्कालीन महासचिव मदन भण्डारीको हत्यारालाई जनतासामू ल्याउन सरकारसंग नेपाल विद्यार्थीसंघले माग गरेको छ ।


ADVERTISEMENT


राजधानीमा आयोजित एक अन्तक्रियामा नेविसंघ अध्यक्ष नैनसिंह महरले एमालेका नेता पटक पटक सरकारमा गएपनि मदन भण्डारीको मृत्यूबारे मौन रहनु आश्चर्य रहेको बताए । ‘सरकारले दुर्घटनाको छानबिन गर्न गठन गरेको तत्कालीन समितिले दुर्घटना भनेपनि एमालेद्वारा केपी ओलीको संयोजनमा गठित छानविन समितिले षड्यन्त्रपूर्वक हत्या भएकाले हत्यारा पत्ता लगाएर कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर एमाले त्यसपछि पटकपटक सरकारमा गएपनि घटनाबारे मौन रहनुले सबैलाई आश्चर्य बनाएको छ ।’ महरले भने, ‘केही समय अगाडी इटहरीको एक कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले मदन भण्डारीको हत्याप्रति प्रगती हुन नसकेकोमा चित्त दुखाएको तर आज राष्ट्रपति स्वयम्ले तत्कालीन छानविन समितिका संयोजक तथा वर्तमान केपी ओलीलाई किन निर्देशन दिनुभएको छैन ?’


ADVERTISEMENT

# # #


दास ढुंगामा मृत्यु भएका भण्डारीको नाम लिँदै २०५१ सालमा लाशको राजनीति देशभर गर्दै जनतालाई भ्रममा पारेर ठूलो पार्टी बन्दै सरकारमा आशिन भएको एमाले पटकपटक सरकारमा गएपनि भण्डारीको हत्याप्रति मौन रहेको भन्दै अध्यक्ष महरले एमालेले जनतालाई यसको जवाफ दिनुपर्ने बताए । उनले भने, ‘मृत्यु हो या हत्या हो उचित निकर्ष निकालेर वर्तमान ओली सरकारले भन्नुपर्छ । होइन भने ओली स्वयम् दण्डित हुनुपर्छ ।’

नेपाली कांग्रेसको सरकार रहेको बेला २०५० साल जेठ ३ गते एमाले महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको चितवनको दास ढुंगामा दुर्घटनामा परि मृत्यु भएको थियो ।