धनुषा(रासस)–प्रदेश नं. २ प्रदेशसभाको प्रथम अधिवेशन बिहीबारबाट सम्पन्न भएको छ । प्रदेशसभाको आज बसेको २६ औं बैठकले राति १२ बजेपछि लागु हुने गरी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो ।


ADVERTISEMENT


बिहीबार बसेको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाउनुभएको पत्र सभामुख सरोजकुमार यादवले पढेर सुनाउँदै पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


वैठकमा प्रदेशसभाको नियमावलीसम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ । प्रथम अधिवेशन सम्पन्न हुँदासम्म सरकारद्वारा पेश भएको आठ विधेयकमध्ये दुईवटा सभाबाट पारित भई प्रमाणीकरण समेत भइसकेको छ भने दुईवटा विधेयक प्रक्रियामा रहेको छ । चारवटा विधेयक सचिवालयमा दर्ता भएका छन् ।

त्यसैगरी आजदेखि लागु हुने गरी प्रदेश २ को प्रदेशसभामा प्रमुख विपक्षी दलको नेताका रुपमा नेपाली काँग्रेसका संसदीय दलको नेता रामसरोज यादवलाई मान्यता प्रदान गरिएको छ ।

सभामुखस्तरीय निर्णयअनुसार नेता यादवलाई विपक्षी दलको नेताको रुपमा मान्यता दिइएको व्यहोरा उल्लेखित पत्र बुझाइएको छ ।