काठमाडौँ–नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुईवटा ठूला पार्टी मिलाएर नयाँ कम्युनिस्ट पार्टी बनेकोमा बधार्इ दिएका छन् । उनले केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘क्षमता प्रदर्शन गरेको’ बताउँदै त्यो क्षमता सुखान्त रहोस् भन्ने इच्छा दर्शाएका छन् ।


ADVERTISEMENT


ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निधीले पार्टी एकीकरण सुखान्त भए लोकतन्त्र बलियो हुने र दुखान्त भए अधिनायकतन्त्र बलियो हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


आफू सुखान्त हुनेमा आशावादी रहेको भन्दै निधीले लेखेका छन्, ‘हामीसँग कम्युनिष्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’

लामो समयको अन्योलपछि नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरण भर्इ इतिहासकै ठूलो कम्युनिस्ट पार्टी बनेको छ । यस राजनैतिक घटनाप्रति विभिन्न व्यक्तिका प्रतिक्रिया आउने क्रम जारी छ ।