काठमाडौं–प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबादलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ पुग्ने सम्भावना अझै जिवित राखेको छ । बिहिबार हैदारावादलाई १४ रनले हराउँदै बैंगलोर पाँचौं स्थानमा उक्लिको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ ।


ADVERTISEMENT


२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाएको थियो । उसका लागि काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन ।


ADVERTISEMENT

# # #


विलियम्सनले सर्वाधिक ८१ तथा र मनीषले अविजित ६२ रन जोडेका थिए । एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन थपे पनि त्यो जितका लाग पर्याप्त रहेन ।

बैंगलोरका युभभेन्द्र चाहाल, मोहम्मद सिराज र मोइन अलीले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसकाका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरेका थिए । ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए भने ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे ।

कोलिन डी ग्रान्डहोमेले ४० तथा सरफराज खानले अविजित २२ रन जोडेका थिए । हैदराबादका रासिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए ।

गएरातिको खेलसँगै प्लेअफमा पुग्ने अब ४ टोली मध्ये एक हुनेछन् । मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान र किङ्स ११ पञ्जाबको समान १२–१२ अंक छ । उनीहरूले समान १३ खेल खेलिसकेका छन् । अब सबैले एक खेल खेल्न बाँकी छ । अन्तिम खेलबाट प्लेअफ पुग्ने टोलीको निर्णय हुनेछ ।

आइपिएलमा शुक्रबार नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । प्लेअफबाट बाहिरिसकेको दिल्लीले प्लेअफमा पुगिसकेको चेन्नईको सामान गर्न लागेको हो ।

यसअघिको खेलमा दिल्ली चेन्नईसँग १३ रनले पराजित भएको थियो । २११ रनको लक्ष्य पछ्याएको दिल्ली १९८ रनमा समेटिएको थियो ।उने क्रम जारी छ ।