काठमाडौँ – भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वांखेडे क्रिकेट स्टेडियममा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।


ADVERTISEMENT


खेल नेपाली समय अनुसार अपराह्न ३ः१५ बजे सुरु हुनेछ । नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । शेर मल्लको स्थानमा ललित राजवंशीलाई मौका दिइएको छ । उनले टी–२० विश्पकपमा डेब्यू गरेका हुन् । यसअघि सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा भएको टी–२० विश्वकपमा टोलीमा रहे पनि मौका पाएका थिएनन् ।


ADVERTISEMENT

# # #


नेपालको प्लेइङ-११ :
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने ।

यसअघि पहिलो खेलमा बलियो टोली इंग्ल्याण्डविरुद्ध मात्र ४ रनले हारेको नेपाल पहिलो जित निकाल्ने दाउमा रहेको छ । यता पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले हारेको डेब्यूटेन्ट इटाली पनि टी–२० विश्वकपमा आफ्नो पहिलो जितको खोजीमा रहेको छ ।