हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा अस्पतालमा डिउटी समयमा डाक्टर तथा कर्मचारी अनुपस्थित भेटिएपछि कडा निर्देशन दिएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँले हिजो साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालको अनुगमन गरेका थिए । अनुगमनका क्रममा डिउटी समयमा चिकित्सक र कर्मचारी नभेटिएपछि उनले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


छलफलमा मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिस्ट्रार, हेटौंडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाईं तथा निमित्त निर्देशक डा. हरिबहादुर खड्का सहभागी भएको थियो।

मुख्यमन्त्री बानियाँले डिउटी समयमा अस्पतालमा अनुपस्थित रहने चिकित्सक तथा कर्मचारीलाई तत्काल सचेत गराई सुधार गर्न निर्देशन दिएको छ। अन्यथा प्रदेश सरकारले त्यस्ता गैरजिम्मेवार कर्मचारी, चिकित्सक तथा अस्पताल प्रशासनमाथि कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

मुख्यमन्त्री बानियाँले भने, “जनताको ज्यान नै मेरो ज्यान हो, यसमा खेलाँची नगरियोस्,” । फेरी पनि लापरबाही दोहोरिए कारबाही समेत हुने र बिदामा बस्दा एक दिनअघि नै जानकारी गराउन, अस्पताल प्रशासनले बिरामीलाई असर नपर्ने गरी डिउटी व्यवस्थापन गर्न तथा डिउटी समयमा अनिवार्य रूपमा पोशाक (ड्रेस) लगाउन निर्देशन दिए ।

साथै अस्पताल परिसरभित्र सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरेको छ । मुख्यमन्त्री बानियाँले स्वास्थ्य संस्थामा अनुशासन र जिम्मेवारी पालना हुनुपर्नेमा जोड दिएको छ।