काठमाडौँ – नेपालले भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा सान्त्वना जित हात पारेको छ । आफ्नो अन्तिम खेल खेल्ने क्रममा नेपालले मंगलबार स्कटल्याण्डलाई ७ विकेटले हराएको हो ।


ADVERTISEMENT


भारतको मुम्बईस्थित वांखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो । १७१ रनको विशाल चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शानदार ब्याटिङ गरे । २३ बलमा नै नटआउट ५० रन पूरा गरेका उनले ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै गुल्शन झाले १७ बलमा २ छक्का र १ चौकासहित नटआउट २४ रन बनाउँदै नेपाललाई जित दिलाए । उनीहरुले चौथो विकेटका लागि ३२ बलमा नटआउट ७३ रनको साझेदारी गरे र

यसअघि ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्का ठोक्दै ४३ रनको योगदान दिए भने आशिफ शेखले २७ बलमा २ छक्कासहित ३३ रन बनाए । उनीहले पहिलो विकेटका लागि ९.१ ओभरमा ७४ रनको साझेदारी गरेपछि नेपालको जितको आधार तय भयो । यस्तै कप्तान रोहित पौडेलले १६ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका माइकल लिस्कले ३ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चिए ।

यसअघि स्कटल्याण्डका लागि स्कोर बनाउने क्रममा माइकल जोन्सले शानदार ब्याटिङ गरे । त्यसक्रममा उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ रज हाने । उनीहरुले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेपछि स्कटल्याण्डले उच्च स्कार बनायो।

यस्तै ब्रान्डन म्याक्मुलनले २५ रन जोड्दा कप्तान रिचीबेरिंटन र मार्क वाटले समान १०–१० रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन मात्रै खर्चिए । १६औँ ओभरमा सोमपालले माइकल जोन्स र म्याक्मुलनलाई आउट पारेपछि नेपाल खेलमा फर्किएको थियो ।

यस्तै नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए भने कप्तान रोहित पौडेल, कुशल भुर्तेलले समान १–१ विकेट हात पारे । समूह चरणबाटै बाहिरिसकेको नेपालले अन्तिममा जितसहित यात्रा टुंगाएको हो ।

नेपालले पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ रनले हारेको थियो । तर, दोस्रो र तेस्रो खेलमा खराब प्रदर्शन गर्दै इटाली र वेष्टइण्डिजसँग क्रमशः १० र ९ विकेटले हारेको थियो ।

यता स्कटल्याण्ड पहिलो खेलमा वेष्ट इण्डिजसँग ३५ रनले हो ।