काठमाडौं – अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन्। उनीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्। आन्दोलित समूहले दुर्घटनामा संलग्न टिपरमा आगजनीसमेत गरेका छन्।
प्रदर्शनका कारण मुख्य सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले अवस्था सामान्य बनाउन पहल भइरहेको जनाएको छ।


























































