काठमाडौं – सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष चण्डीराज ढकालले विगत केही वर्षदेखि सार्क क्षेत्रका सम्भावना, चुनौती र अवसरहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउँदै आएको बताए।
अध्यक्ष ढकालले आगामी दिनमा यी सम्भावनाहरूलाई रोजगारी सिर्जना र लगानी विस्तारका क्षेत्रमा प्रभावकारी ढंगले प्रयोग गर्दै सार्कलाई प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताए। उनले दक्षिण एसियाको निजी क्षेत्रका एजेन्डाहरूलाई अघि बढाउँदै नेपालबाट पनि उपाध्यक्षसहित अन्य नेतृत्वदायी व्यक्तिहरू उद्योग वाणिज्य महासंघमा महत्वपूर्ण भूमिका निभाइरहेको उल्लेख गरे।
ढकालले दक्षिण एसियाली व्यवसायलाई चुनौतीको रूपमा नभई अवसरको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै, यस पहलले नेपाल मात्र नभई सम्पूर्ण क्षेत्रका रोजगारी र आर्थिक सम्भावनाहरूलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
उनले आगामी दिनमा सार्क उद्योग वाणिज्य महासंघले सशक्त भूमिका निर्वाह गर्दै व्यवसाय, लगानी र निर्यात क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक उपस्थिति सुनिश्चित गर्ने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


























































