विराटनगर – करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर पुर्‍याइएको छ ।


ADVERTISEMENT


गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि उनलाई बिराटनगर लगिएको हो । गोरेलाई आजै जिल्ला अदालतमा पेश गरिनेछ ।


ADVERTISEMENT

# # #


यति एयरलाइन्सको विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल ओर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो ।

सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन ।