काठमाडौँ–  इन्डियन प्रिमियर लिग(आइपीएल)मा सहभागी भएर नेपाली युवा स्टार लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली डेयर डेभिल्सबाट खेलेका उनी आफ्ना तीन खेलमा सनसनीपूर्ण प्रदर्शन गरेर अपरान्ह स्वदेश फर्किएका हन् ।


ADVERTISEMENT


उनलाई प्रशंसकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।  विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले आइपीएलमा धेरै सिक्न पाएका बताए । भारतीय कप्तान कोहली र साउथ अफ्रिकाका ब्याट्समेन विरुद्ध आफूलाई प्रमाणित गर्ने चुनौति रहेको र आफू त्यसमा सफल भएको उल्लेख गरे । त्यस्तै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै कुरा फरक पाएको बताए । यस्तै उनले नेपालको क्रिकेटलाई माथि लैजानका लागि सबैले आफ्नो तर्फबाट काम गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


दिल्लीले भारु २० लाखका लागि किनेको सन्दीपलाई अन्तिम तीन खेलमा खेल्ने मौका दिएको थियो । भारतीय कप्तान विराट कोहलीको टिमबाट आइपीएलमा डेब्यू गरेका सन्दीपले उत्कृष्ट खेले । तीन वटै खेलमा उनले शानदार प्रदर्शन गरेका थिए । त्यही उत्कृष्ट प्रदर्शनले नै उनी अहिले विश्वमा चिनिएका छन् ।

यही महिनाको अन्तिममा वेष्ट इन्डिजविरुद्ध लर्ड्स मैदानमा हुने खेलमा उनी विश्व ११ को सूचिमा परेका छन् । केही दिनको नेपाल बसाईपछि सन्दीप उक्त खेलका लागि बेलायत प्रस्थान गर्नेछन् ।