काठमाडौं – जेठ १३ गतेबाट शुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सहभागीता नजनाउने भएका छन् ।उनी केहि समयका लागि विदेश जाने कार्यक्रम तय भईसकेको कारण प्रधानमन्त्री कप क्रिकेट नखेल्ने बुझिएको छ ।


ADVERTISEMENT


देश बाहिर जाने पूर्व तयारीको साथै औपचारीक रुपमा यस प्रतियोगीताबारे सूचना पनि नआएको कारण खेल खेल्न असमर्थ भएको पारसको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना एबं नेपालय इन्टरनेशनलको संयोजकत्वमा प्रतियोगीता कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।