काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुको तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूटले अदालतमा मुद्दा दर्ता गराएको थियो । अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा यस्तो कदम सच्याउन माग गरिएको थियो ।


ADVERTISEMENT

# # #


त्यसमाथि फैसला गर्दै न्यायाधीशले विचारकै आधारमा ब्लक गर्नु नाजायज भएको भन्दै कदम सच्याउन आदेश दिएका छन् ।

जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको @realDonaldTrump एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका छन् । ‘सामाजिक सञ्जाल जनताको मञ्चको रुपमा अनुमोदित भएको छ । त्यसैले सम्पूर्ण अमेरिकी नागरिकलाई आफ्ना विचारहरु व्यक्त गर्न स्वतन्त्र छाडिदेऊ’, न्यायाधीशले ट्रम्पलाई आदेश दिँदै भनेका छन् ।

न्यायाधीशले यस्तो आदेश दिए पनि ह्वाइट हाउस भने अहिलेसम्म प्रतिक्रियाविहीन देखिएको छ ।