काठमाडौं – निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमनमा कडाइ गरेको छ। सवारी पास नभएका सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन सुरक्षाका कारण पास भएका सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको छ।
निर्वाचन आचारसंहिता विपरीत चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको उनले बताए।
यद्यपि एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने आवागमनमा कुनै अवरोध नगरी सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ।





























































