हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मतदान गरेका छन्।
मुख्यमन्त्री बानियाँले हेटौंडा उपमहानगरपालिका–१८ स्थित दोभान चौरमा रहेको कमला आधारभूत विद्यालयमा पुगेर मतदान गरेका हुन्। मतदानका लागि बिहानै मतदान केन्द्र पुगेका उनले आफ्नो मताधिकार प्रयोग गरेका थिए।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताए। उनले सबै मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न समेत आग्रह गरे।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक बनाउन सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पनि मतदान केन्द्रहरूमा पुगेर मतदान गरिरहेका छन्


























































