मुगु – मुगुको छायानाथ रारा नगरपालिका–१ स्थित भारेकोट मतदान केन्द्रमा किरियापुत्री अवस्थामा रहेका तीन दाजुभाइले मतदान गरेका छन्।
रेडियो नेपाल मुगुका समाचारदाता विनोदकुमार मल्लसहित उनका दुई भाइले बिहीबार किरिया बसेकै अवस्थामा मतदान गरेका हुन्। उनीहरूकी आमा रुपा मल्लको ६ दिनअघि ९५ वर्षको उमेरमा निधन भएको थियो।
आमाको निधनपछि किरियामा बसेका उनीहरूले नागरिक कर्तव्यलाई प्राथमिकता दिँदै मतदानमा सहभागी भएको जनाइएको छ।


























































