काठमाडौँ – प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनको अवधि सकिएको छ । छिपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।
अब मत दिनका लागि मतदान केन्द्रमा जानेहरुले मत दिन पाउने छैनन् । तर, मतदानका लागि लाइनमा रहेकाहरुले भने मत दिन पाउनेछन् ।



























































