काठमाडौं – प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् ।
हालसम्मको मतगणना अनुसार शाहले १० हजार १९० मत प्राप्त गरेका छन् भने ओलीले ४ हजार ८७ मत पाएका छन्।
अन्य उम्मेदवारतर्फ श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ९० मत पाएका छन्।
झापा–५ मा मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अन्तिम नतिजा आउन भने अझै समय लाग्ने बताइएको छ।



























































