गलकोट –  बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का विजयी भएका छन् । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३  मतले पछाडि पार्दै विजयी भएको छ ।


ADVERTISEMENT


बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गरेको थियो । यस्तै  नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गरेको छ । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।

त्यसैगरी बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएको छ । उनले १२ हजार ६४७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेको छ । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेको छ ।  रासस