काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङलाई भारी मतान्तरले हराउँदै पहिलो पटक संघीय संसदको यात्रा तय गरेका हुन् ।
सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृतका अनुसार हर्कले ३५ हजार ७४१ मत प्राप्त गरे । उनी ८ हजार ४९२ मतान्तरले विजयी भएका हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरे ।
धरान उपमहानगरपालिकाको मेयर रहेका साम्पाङले केही महिना अघि श्रम संस्कृति पार्टी खोलेर संसदीय राजनीतिमा लागेका थिए । उनले गत माघमा मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेका थिए ।
उनको पार्टीले अहिलेसम्म २ क्षेत्रमा जित हात पारेको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा ९एमाले०का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् ।
कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए ।


























































