काठमाडौँ – भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारवाही गर्न सिफारिस गरिएको बताएका छन् आइतबार प्रधानमन्त्री कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भाद्र २३ गते युवाहरुलाई गोली हान्न आदेश दिने देखि गोली नरोक्ने सवैलाई कारवाही गर्न सिफारिस गरिएको बताए । भाद्र २४ गतेको घटनामा पनि दोषि देखिएकालाई कारवाही गर्न सिफारिस गरिएको उनको भनाई छ ।


ADVERTISEMENT


उहाले आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । आफूहरुले देश, जनता र शहीदको न्यायका लागि निष्पक्ष भएर काम गरेकाले सन्तुष्ट रहेको उहाले बताए । उनले केही काम सकिन बाँकी रहेको र निर्वाचनलाई समेत असर पर्ने देखेर निर्वाचनपछि सरकारलाई प्रतिवेदन बुझाएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


कार्कीले छानविन आयोगको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्न नसके अर्को आन्दोलन हुन सक्नेप्रति सरकारलाई सजक गराइएको बतारे ।