काठमाडौं – हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं पत्रकार सुरेश मानन्धरलाई राष्ट्रिय झण्डा ओढाई सम्मानका श्रद्धाञ्जली अर्पण गरिएको छ ।


ADVERTISEMENT


बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले दिवंगत मानन्धरको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाई सम्मानका श्रद्धाञ्जली अर्पण गरेको हो ।


ADVERTISEMENT

# # #


मंगलबार निधन भएका मानन्धरको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि बुधबार नेपाल भाषा मंका खलको कार्यालय परिसरमा राखिएको थियो ।मन्त्री सिन्हा, काठमाडौं महानगरकी कार्यवहाक प्रमुख सुनिता डंगोल लगाएतले मानन्धनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो ।

श्रद्धाञ्जली अर्पणपछि मन्त्री सिन्हाले नेपाली भाषा, साहित्य तथा पत्रकारिकता क्षेत्रमा मानन्धरले पुराएको योगदानको स्मरण गरे । उनले मानन्धरलाई राज्यका तर्फबाट उचित सम्मान गर्न आफुले आवश्यक पहल गर्ने बताए ।

नेपालभाषा टाइम्सका पूर्वसम्पादक समेत रहेका मानन्धरले प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने बिभिन्न पत्रपत्रिकाको सम्पादनमा समेत महत्वपूर्ण योगदान पुराएको थियो । विसं २०२३ कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई छोरा छन् ।