काठमाडौं – बिहीबार समानुपातिक सांसदहरूले निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । आज निर्वाचन आयोगमा पुगेर उनीहरूले प्रमाणपत्र लिएका हुन् ।


ADVERTISEMENT


आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चाररचार जना सांसद निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।