काठमाडौं –कारोबार हुने साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।


ADVERTISEMENT

# # #


अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।

आइतबार चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५४० रुपैयाँमा झरेको छ ।