काठमाडौं – एनआईसि एसिया लघुबित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मेष बहादुर बस्नेत नियुक्त भएका छन् ।


ADVERTISEMENT


यस अघिका सीईओ चोलाराज शर्माले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएसंगै युवा नेतृत्वको काँधमा लघुवित्तको जिम्मेवारी पुगेको हो । बस्नेत लघुवित्तको डेपुटी सीईओको जिम्मेवारीमा थिए ।


ADVERTISEMENT

# # #


बस्नेत २ दशक भन्दा बढी समय देखि लघुबित्तको क्षेत्रमा काम गरिरहेका अनुभवी, परिपक्व र दूरदर्शी नेतृत्वका रूपमा स्थापित छन् । बस्नेतले लघुवित्तको योजना र कार्यान्वयनमा देशकै अब्बल र शसक्त छवी बनाएका छन् ।

मेची देखि महाकाली सम्म देशैभरीका गरिव बिपन्नहरूको घर दैलो सम्म पुगेर समस्या पहिचान गर्दै गरीबि निवारण र बिपन्नहरूको आर्थिक सम्पन्नताका लागि योजना तर्जुमा र कार्यान्वयनमा योगदान दिईरहेका बस्नेतको काँधमा जिम्मेवारी आएसंगै एनआईसी एसिया लघुबित्तको सफलतामा नयाँ सञ्चार भएको छ ।