काठमाडौँ – काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले आधिकारिक रुपमा सार्वजनिक नगर्दै विभिन्न मिडियामा प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्माओली, गृहमन्त्री रमेश लेखक, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ लगायत अन्य सुरक्षा अधिकारीलाई समेत कारवाही सिफारिस गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै आयोगले नेपाली सेनाका चार अधिकृतलाई समेत कारवाही सिफारिस गरेको छ । कारबाही सिफारिस हुनेमा राष्ट्रपति भवन शितलनिवासको सुरक्षामा खटिएको टोलीका प्रमुख सहायक रथी मनोजकुमार वैदवार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खटिएका सुरक्षा टोलीका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा सुरक्षार्थ खटिएको टोलीका प्रमुख प्रमुख सेनानी गणेश खड्का छन् । खड्का जिल्ला सुरक्षा समितिका सदस्य समेत हुन् ।

सरकारले २३ र २४ बारे जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले झण्डै ६ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो भने सरकारलाई गत फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

तर सरकारले हालसम्म पनि औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

यस्तो छ प्रतिवेदनको पूर्ण पाठ: