काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथमा सहभागी हुन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगिरहेका छन् ।


ADVERTISEMENT


नवनिर्वाचित सांसदहरूको केहीबेरपछि शपथ हुँदैछ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।


ADVERTISEMENT

# # #


संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई यसअघि आग्रह गरिसकेको छ ।