एजेन्सी–घटना भारतको उत्तराखण्डमा पर्ने नैनिताल जिल्लाको हो । त्यहाँ स्थित रामनगरका एक सिख समुदायका प्रहरीले मुस्लिम युवकलार्इ भीडबाट छुटाएर सुरक्षा दिएको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


ADVERTISEMENT


सामाजिक सञ्जाल ट्वीटरमा व्यापक फैलिएको उक्त भिडियो हेरेर धेरैले ती बहादुर प्रहरीको प्रशंसा गरेका छन् । केही दिनअघि (मे २२ मा) रामनगरस्थित एक गिरिजा माताको मन्दिरमा हिन्दू–मुस्लिमको एक जोडी घुम्न आएका थिए । त्यतिखेर वरिपरि रहेको हिन्दू जमातले युवकलार्इ घेर्दै आक्रमण सुरू गरेको थियो ।


ADVERTISEMENT

# # #


जोडीमध्ये युवती हिन्दू तथा युवक मुस्लिम थिए । हिन्दू युवतीलार्इ मुस्लिम थियो युवकले प्रेम गरिरहेको हिन्दुवादी संगठनले थाहा पाएपछि उक्त जोडीमाथि आक्रमण सुरू भएको थियो । उनीमाथि मुक्का र लात्तीसहित गाली वर्षिन थालेको थियो । संयोगवश त्यहाँ इन्सपेक्टर गगनदीपले यो घटना देखेपछि उनी भीडमा छिरे र ती मुस्लसिम युवकलार्य बचाउन हरकोशिस गरे ।

हेर्नुहोस् भिडियो

भिडियोमा प्रस्ट देख्न सकिन्छ– मन्दिर परिसरमै वरपरि जम्मा भएको भीडले ती युवकमाथि आक्रोशित मुद्रामा प्रहार गरिरहेको छ । तर शिख समुदायका प्रहरी इन्सपेक्टर गगनदीप भीडलार्इ सक्दो सम्झाउँदै उक्त मुस्लिम युवकलार्इ आफ्नो छातीमा बाँधेर सुरक्षा दिँदै छन् ।

इन्सपेक्टर गगनदीपको यो कार्यलार्इ धेरैले ‘बहादुरी’को संज्ञा दिँदै प्रशंसा गरेका छन् । आक्रोशित भीडले युवकलार्इ जे पनि गर्न सक्थ्यो तर गगनदीपले ठूलो घटना हुन नदिर्इ युवकलार्इ बचाए । भारतमा बेलाबेला यस्ता साम्प्रदायिक घटना भइरहन्छन्, केही समयअघि मात्रै भीडले कुटेर एक दलित व्यक्तिको ज्यान गएको थियो ।

ती प्रहरीले भीडबाट युवकलार्इ छुटाएर लग्दा उल्टै उनीमाथि समेत गाली बर्सियो, भीडले प्रहरी विरुद्धको नारा समेत लगायो । तर उनले अन्ततः युक्त युवकलार्इ सुरक्षित रूपमा पुलिस थानामा लगेर राखे । पछि ती युवकको परिवारलार्इ सम्पर्क गरेर जिम्मा लगाइएको बताइन्छ ।