काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।


























































