काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय बैठक कक्षमा सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरिररेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधनकोप्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरे । सदनको उच्चासनमा राष्ट्रपति पौडेलसँगै सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको हो । बैठकमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्रिपरिषद्का सदस्य, दुवै सदनका सांसद उपस्थिति छन् ।