काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी यादवले पद तथा गोपनियताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले उनलाई शपथ दिलाएका हुन् ।


ADVERTISEMENT


समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो । श्रम संस्कृति पार्टीकी सांसद रुबी आजै प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिइन् ।


ADVERTISEMENT

# # #


यस्तै आजै नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोही समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गर्राएका हुन् ।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजै उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।