काठमाडौँ– प्रतिनिधिसभाबाट सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।


ADVERTISEMENT


नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १५ गते सांझ ६ः३० बजे बस्नेछ ।

यी पनि पढ्नुस् : 

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री(LIVE)

पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन : प्रधानमन्त्री ओली

संसदमा प्रधानमन्त्रीको जवाफ : ‘नीति तथा कार्यक्रम असम्भव महत्वकांक्षा होइन’

‘संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुन्छ’

अब भारतीय बाँधका कारण तराई डुबानमा पर्दैन : प्रधानमन्त्री