काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र छलफल भएको छ ।


ADVERTISEMENT


स्रोतका अनुसार गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच सोमबार बिहान कुराकानी भएको हो ।


ADVERTISEMENT

# # #


गृहमन्त्री बनेको एक महिना नपुग्दै गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट र व्यापारी घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको विषय बाहिरिएको थियो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको कनेक्सन भेटिएको समाचार बाहिरिएपछि गुरुङको चौतर्फी आलोचना भइरहेको छ ।