काठमाडौं – नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७ औँ स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।


ADVERTISEMENT


दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आइतबार ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो भने प्रतिष्ठानले काठमाडौंमा मनमोहन स्मृति राष्ट्रव्यापी कविता प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रव्यापी कविता प्रतियोगिता कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा रहेको बताए ।

नेता पोखरेलले अधिकारी नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई उनले जेलजीवनसमेत बिताएको स्मरण गरे ।

नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।