काठमाडौं – अनामनगरको धोविखोला करिडोरमा रहेको साततले भवनमा डोजर चलाइएको छ । सरकारी जमिन केही अतिक्रमण भएको भन्दै घरमा डोजर चलाइएको हो ।


ADVERTISEMENT


धोबिखोला मिचेर बनाइएकाले भत्काउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ । आइतबार बिहानदेखि घर भत्काउन सुरु भएको छ ।


ADVERTISEMENT

# # #


घरधनी इन्द्र चाम्लिङले जग्गाको पूर्जा रहेको र नक्सापास भएर घर बनाएको बताएका छन् । उनले जग्गाको लालपूर्जा, नक्सापास लगायतका कागजात घरबाहिरै टाँसेका थिए । उच्च अदालतले यो सरकारी जग्गा नभएको भनेर आदेश गरेको उनको भनाइ छ ।