काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले निजी क्षेत्रका उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्।


ADVERTISEMENT


आइतबार आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरू गणेश पराजुली, विदुषी राणालगायतको सहभागिता रहेको थियो। साथै, निजी क्षेत्रका प्रमुख संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघ का अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल चेम्बर अफ कमर्श का कार्यवाहक अध्यक्ष दीपक मलहोत्रालगायत उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियामा निजी क्षेत्रका समस्या, लगानीमैत्री वातावरण निर्माण, तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको जनाइएको छ। सहभागीहरूले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए ।