काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ लगाएत कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।


ADVERTISEMENT


बिहीबार महासंघको सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममाबीच महासंघको ६० औं साधारणसभा निर्वाचन समितिले अध्यक्ष लगाएत पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रमाणपत्र प्रदानपछि महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएको थियो भने अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुलाई सपथ गराए ।

यसैबीच महासंघका अध्यक्ष श्रेष्ठले बिहीबार नै पदबहाली गरेका छन् । पदबहाली पछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले व्यवसायीक वातावरण बनाउन र निजी व्यवसायीको मनोवन बढाउने काम गर्न नयाँ सरकारसंग सम्वाद सुरु भइसकेको बताए । जनतासंग क्रयशक्ति कम रहेकाले क्रयशक्ति बढाउन पूँजी परिचालन गर्नुपर्ने उनले जोड दिए ।

अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता रहेपनि साना तथा मझौला व्यवसायीलाई लगानीका लागि पूँजीको अभाव रहेकाले यस्तो अवस्थालाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे ।