काठमाडौं – संघीय संसद् सचिवालयले बिधुतीय हाजिरी प्रयोजनका लागि सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ ।


ADVERTISEMENT


संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थीतिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


संसद बैठक र संसदीय समितिमा यसअघि काजगी हाजिरी गर्ने गरिएकोमा अव भने बिधुतीय हाजिरी प्रणाली सुरु गरिने समेत संसद सचिवालयले जनाएको छ ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन समेत सचिवालयले अनुरोध गरेको छ ।

सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्ने कार्य बैंशाख २८ गतेसम्म जारी रहने सचिवालयले जानकारी दिएको छ ।