राहुल गुप्ता, बारा – वातावरण संरक्षण तथा स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीको बसबरिया गाउँपालिकामा ३ हजार घरपरिवारलाई इन्डक्सन चुल्हा वितरण कार्यक्रम शुभारम्भ गरिएको छ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंह को विशेष पहलमा वातावरण संरक्षण शिविर -एक्का नेपाल ललितपुर र बागमती सेवा समाज नेपाल को आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
आजबाट सुरु गरिएको “स्वच्छ हावा चुल्हा वितरण कार्यक्रम” अन्तर्गत बसबरिया गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ का घरपरिवारलाई इन्डक्सन चुल्हा वितरण गरिने जनाइएको छ। कार्यक्रममार्फत परम्परागत दाउरा तथा धुवाँयुक्त चुल्हाको प्रयोग घटाई स्वच्छ ऊर्जा प्रयोगमा नागरिकलाई प्रोत्साहित गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रमले ग्रामीण क्षेत्रमा वातावरण संरक्षण, स्वास्थ्य सुधार तथा आधुनिक प्रविधिको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
यस सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेस मधेस प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठी ले स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा अगाडि बढाइने बताए।


























































