कैलाली – भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु भएको छ।


ADVERTISEMENT


भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंहले सोमबार आयोजित कार्यक्रममा विद्यालय भवनको शिलान्यास गरेका हु्न् ।


ADVERTISEMENT

# # #


भारत सरकारको करिब ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयरसहित स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उनीहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवन निर्माणपछि विद्यार्थी र शिक्षकका लागि थप सहज र गुणस्तरीय शैक्षिक वातावरण तयार हुने विश्वास व्यक्त गरेका छन्।

भारतीय राजदूतावासले नेपाल–भारतबीचको बहुआयामिक सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै शिक्षा क्षेत्रको सुधार र समृद्धिमा योगदान पुर्‍याउने जनाएको छ।