काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदलाई औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफुहरुले विरोध जनाएको बताएको छ ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेर बाहिरिएपछि सञ्चारकर्मीमाझ अध्यक्ष साम्पाङले संसद मनखुशी चलाइरहेको र औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफुहरुले विरोध जनाएको बताएको हो ।


ADVERTISEMENT

# # #


आफुहरुसंग जनताका प्रश्नहरु रहेकाले देशको प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने उनले बताए । नीति तथा कार्यक्रमको अध्ययनका लागि पनि प्रयाप्त समय नछु्ट्टाएको भन्दै उहाले जबरजस्ती संसदलाई अघि बढाउन खोजकोे आरोप लगाए । उनले सरकारको क्रियाकपाललाई अव जनताले मूल्याङ्कन गर्ने समेत बताए ।