काठमाडौं – प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका छन् ।


ADVERTISEMENT


सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा गर्छु ,त्यसकारण आज हामीले यसको प्रतिउत्तर, जवाफ हामीले भ्याउँदैनौँ,’ सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने,आज छलफल अघि बढाउँ ।

जवाफ दिनेक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न,  उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले निर्णय त दिन सक्दिनँ ।’

उनले भोलिको बैठकको विषयमा प्रधानमन्त्रीसँग संवाद गरेर कार्यव्यवस्था समितिको बैठकमा छलफल गर्ने बताए  तर कांग्रेस सांसदले अवरोध जारी राखे ।