काठमाडौं – दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको कार्यालयमा छापा मारेको छ ।
स्मार्ट सेलको सम्पत्ति र लिलामी प्रक्रियामा भएको अनियमितताको आशंकामा छानबिन गर्न एनसेलको मुख्यालयबाट प्रहरीले कागजात लगिएको स्रोतले बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सी आईबी एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको हो ।
स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ।
स्मार्ट टेलिकमको अनुमति पत्र खारेज भई सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्तिलाई एनसेलले खरिद गर्ने प्रक्रियामा मिलेमतो भएको भन्दै सीआईबीले अनुसन्धान तीव्र पारेको थियो। यसै क्रममा एनसेल पनि मुछिएको हो।
दूरसञ्चार कम्पनी स्मार्ट टलिकमका उपकरण तथा टावरहरु लिलाम सम्बन्धी केही कागजातहरु सीआईबीबाट पत्रमार्फत माग भई आएकोमा सोही बमोजिम कागजातहरु उपलब्ध गराइएको छ ।
एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदा झै कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छ ।


























































