काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित भएका सबैलाई केन्द्रीय समितिमा सम्मानजनक भूमिका दिने तयारी भइरहेको बताएका छन्।
उनले पार्टीभित्र कुनै पक्ष वा समूहको आधारमा विभेद नगरी योगदान र सहभागितालाई प्राथमिकता दिइने स्पष्ट पारे।
थापाले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैमाथि पक्षपात नहुने उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउने दिशामा नेतृत्व केन्द्रित रहेको बताए।
उनले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउँदै सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार पार्टीभित्रको ऊर्जा र अनुभवलाई समेटेर संगठनलाई नयाँ ढंगले सक्रिय बनाउने तयारी भइरहेको छ।
साथै उनले कांग्रेसलाई जनअपेक्षाअनुसार अघि बढाउन सबै नेता तथा कार्यकर्ताको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।


























































