काठमाडौँ– सरकारले आठौँ राष्ट्रिय खेलकुद, १८ औँ यसियाली खेलकुद र १३ औँ दक्षिण यसियाली खेलकुदको तयारी एवम् पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ ।


ADVERTISEMENT


संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त रकम विनियोजन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रत्येक स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला तथा खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरेका बताए । यस्तै सबै प्रदेशमा प्रदेश स्तरीय रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेका उनले उल्लेख गरे ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने