काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् ।


ADVERTISEMENT


आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT

# # #


नेकपाका प्रमुख युवराज दुलालले हिमालयपोष्टसँग भने, ‘प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ ।’ बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको उनको भनाइ छ ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको जाकारी दिए ।

प्रधानमन्त्रीले हिजो संसद्‌मा ‘सीमा अतिक्रमणसम्बन्धी बोलेको कुरा राष्ट्रघाति हो भन्ने निष्कर्ष रह्यो,’ उनले भने, ‘यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसद्‌बाटै देशवासीको नाममा माफी माग्नुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले आज संसद्‌ अवरोध गर्ने निष्कर्ष छ ।’