काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा .एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । नयाँ दिल्लीमा रहँदा उनले आफ्ना भारतीय समकक्षी डा .जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT


उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचार विमर्श हुनेछ ।

परराष्ट्रमन्त्रीको  भ्रमणबाट नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ स्वदेश फर्कने भएका छन्।